काठमाडौं । इटालीमा रोजगारीको प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका–८ भङ्गालस्थित एक घर भाडामा लिएर पाँच जना बङ्गलादेशी नागरिकलाई बन्धक बनाएर राखिएको अवस्थामा उनीहरूको उद्धार गरिएको हो।

बङ्गलादेशबाट काठमाडौं बोलाएर बन्धक बनाई ठगी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूको उद्धार तथा अभियुक्तहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा बङ्गलादेशी नागरिक ३८ वर्षीय आल मामुन, काठमाडौंका ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन र ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन्। यस्तै भारतका ४१ वर्षीय सरोजकुमार र नुवाकोट घर भई हाल तारकेश्वर बस्ने ३२ वर्षीय शशि पाठक पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरूमाथि शरीर बन्धक तथा ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com