काठमाडाैं । स्रोत नखुलेको साढे १८ लाख नगदसहित एक जना पक्राउ परेका छन्।

बिहीबार बिहान साढे ४ बजे बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ क्षेत्रबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

advertisement

उनका अनुसार पक्राउ पर्नेमा उदयपुर घर भई कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसन छन्।

गस्तीमा हिँडेको प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले उनलाई फेला पारी जाँच गरेको थियो। जाँच गर्नेक्रममा १८ लाख ५० हजार रुपैयाँ बराबरको नगदसहित उनलाई नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धानका लागि आन्तरिम राजस्व कार्यालय हरिहरभवनमा पठाएको छ।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com