काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी गरेको भिडिओ आफैंले अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको छ ।

सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका चितवनका महेन्द्र गौतमलाई सबै प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताए ।पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरका बसोबास गर्छन् ।

advertisement

उनले भिडिओमा भनेका छन्– ‘सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप समेत गराएको छ ।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com