काठमाडाैं  । धनगढीको जङ्गलमा एक जना मृत अवस्थामा फेला परेका छन् । डडेलधुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्दराज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्।

धनगढी–उपमहानगरपालिका–१३ राजपुर स्थित मार्केटिङ्को काम गर्ने जोशी माघ १९ गते बेपत्ता भएका थिए । उनका आफन्त र प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार अपराह्न ४ बजेर ४५ मिनेटमा कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको देवरिया वनस्पति उद्यानको पछाडि जङ्गलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

advertisement

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com