काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनका लागि पार्टी कार्यकर्तालाई ‘अबकी बार सय पार’ भन्ने नारा लगाउन आग्रह गरेका छन्।

पोखरामा शुक्रबार आयोजित कार्यकर्ता भेलामा सभापति थापाले भने, मधेश जाँदै गर्दा साथीहरूलाई अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोड्नुस्। नारै लगाउने भए अबकी बार सय पार भनेर लगाउनुस्।

advertisement

उनीहरूले आगामी निर्वाचनबाट कांग्रेसलाई बहुमतमा पुर्‍याउन सकिने पनि विश्वास व्यक्त गरे। सभापति थापाले नेता तथा कार्यकर्ताले मेहनत गर्नुपर्नेमा जोड दिँदै भने, पार्टीको प्रत्येक सदस्यले आफू उम्मेदवार भएको जस्तो मेहनत गर्नुपर्छ। वडा–वडा, टोल–टोलमा संगठन गर्ने पार्टी हो यो।

थापाले बदलिएर आएको कांग्रेसले देश बदल्न सक्षम भएको पनि बताए। उनले भनिन्, हामी बदलिएर आएका छौँ। बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ। यही विश्वास लिएर तपाईंहरूले तल्लो तहसम्म जानुहुनेछ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com