काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर जबराले नेताहरूलाई फेसबुकमा मात्र सीमित नबसिकन, जनताको बीचमा आएर बहस गर्न आह्वान गरेका छन्। ललितपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले मात्र देश चलाउन नसक्ने स्पष्ट पारे।

उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै भने, “फेसबुकको भित्ताबाट ओर्लिएर जनतामा जाऔँ। जनतालाई स्पष्ट रूपमा बताऔँ– हामी के गर्न सक्छौँ, हाम्रो नीति के हो?”

advertisement

जबराले थपे, “पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भनेका छन्। तर अहिलेका प्रधानमन्त्रीका उम्मेदवार भनिएका युवाले त्यसलाई स्वीकार गर्नुभएन। किन स्वीकार गर्नुभएन?”

उनले रास्वपाका सभापति दुई पटक सरकारमा पुगिसकेका र विवादित व्यक्तित्व भएकोले देश परिवर्तन गर्न सक्षम नभएको पनि औँल्याए। जबराले देशका प्रमुख निर्णयहरू फेसबुकबाट नभइ प्रत्यक्ष बहस र संवादबाट हुनुपर्ने धारणा राखे।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com