काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताएका छन्।

रास्वपा तनहुँ–काठमाडौं सम्पर्क विभागद्वारा आज यहाँ आयोजित ‘बृहत् एवं जेनजी भेला’ मा उनले रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएर युवा सहधागिता बढाएको बताए।

advertisement

आगामी फागुन २१ गते हुने निर्वाचन पुस्तान्तरणको निर्वाचन भएको उपसभापति वाग्लेको भनाइ छ। लोकतन्त्रमा प्रष्ट बहुमत आवश्यक पर्नेमा जोड दिँदै उनले पार्टीलाई बहुमतका साथ विजयी गराउन मतदातासँग आग्रह गरे।

हाल देशभरका ७७ जिल्ला तथा ५५० पालिकासहित ३८ देशमा रास्वपाको सङ्गठन विस्तार भइसकेको उपसभापति वाग्लेले जानकारी दिए। उनका अनुसार हाल रास्वपाको देशभर तीन लाख सक्रिय सदस्य छन्। पार्टीले सुशासन, भ्रष्टाचार विरोधी अभियान, सडक, हवाई सञ्जाल, इन्टरनेट सेवा र ऊर्जालाई प्राथमिकता दिएको उनले उल्लेख गरे।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com