काठमाडौ । सवारी साधन ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु भएको छ।

दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र०२–००१ज ०६२४ नम्बरको सवारी साधन शनिबार राति सिल्लेगडा–बडिया सडकखण्ड अन्तर्गत घोडेधार नजिक दुर्घटनामा परेको हो।

advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका–५ निवासी चालक मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। सवारी साधनमा चालक मात्र सवार थिए।

दुर्घटनाग्रस्त गाडी सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com