काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि आईसीसी टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “टोलीले उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्डा विश्वभर फहराउनेमा म विश्वस्त छु।”

advertisement

प्रचण्डले भनेका छन्, “जारी टी–२० विश्वकपमा हाम्रो गौरवशाली राष्ट्रिय टोलीले आज इङ्ग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा म पूर्ण विश्वस्त छु।”

उहाँले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले सबै नेपालीलाई गर्व अनुभव गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले थपे, “हरेक बल, हरेक रन, हरेक विकेटमा सम्पूर्ण नेपाल तपाईंहरूसँगै छ। विजयको लागि हार्दिक शुभकामना!”

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com