काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आइतबार उक्त रिटमाथि सुनुवाइ भइरहेको हो।

यसअघि चौधरीले दायर गरेको रिटमाथि माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो।

advertisement

त्यसैगरी, माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित अघिल्लो फैसलाको फाइल पूर्वआदेशअनुसार पेश गर्न निर्देशन दिएको थियो। सो आदेशअनुसार आवश्यक प्रक्रिया पूरा भई मिसिल प्राप्त भएपछि आज अन्तरिम आदेशका लागि सुनुवाइका लागि पेसी तोकिएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका चौधरीको मनोनयन निर्वाचन आयोगले खारेज गरेको थियो। सो निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com