काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गर्न राप्रपा तथा अन्य राजसंस्थावादीहरुलाई आग्रह गरेका छन्।

पूर्वराजा शाह आगामी फागुन १ गते काठमाडौं आउँने कार्यक्रम रहेको छ। मिश्रले देशलाई राजसंस्थाको छहारी आवश्यक रहेकाले पुराना दलहरू पनि अब यस पक्षतर्फ झर्ने संकेत गरेका छन्। उनका अनुसार फागुन १ गते उपत्यका र सम्भव भए देशभरिका राजसंस्थावादी समूहका सदस्यहरू एक दिनका लागि काठमाडौं उपस्थित भए स्वागत ऐतिहासिक हुने थियो।

advertisement

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com