काठमाडाैं । मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गतको खेलमा नेपाल र इंग्ल्यान्ड आमनेसामने रहेका छन्।

इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। राष्ट्रिय टोलीका नयाँ स्पिनर शेर मल्लले आफ्नो अन्तर्राष्ट्रिय डेब्यूमै पहिलो बलमै विकेट लिए। दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल खेल्दै शेरले फिल साल्टलाई सन्दीप लामिछानेको क्याचमा फँसाएका छन्। यस ओभरमा साल्टले मात्र एक रन बनाएका थिए, तर जेकब बेथेलले उनीमाथि दुई चौका र एक छक्का प्रहार गरेका थिए।

advertisement

नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सका लागि उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। शेरले आवश्यक परे टिमका लागि ब्याटिङमा पनि योगदान दिन सक्छन्।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com