काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठाबाट चोरी भएको घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ–१६ बालाजु हाईट बस्ने ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक–६ लिसंखुपाखर घर भई काठमाडौँ–३१ गैरिगाउँ बस्ने ४६ वर्षीय खिम बहादुर खड्का र डोटी–६ दिपायल सिलगढी नगरपालिका घर भई धादिङ–७ धुनिबेशी नगरपालिका खानीखोलामा बस्ने ४५ वर्षीय संजय श्रेष्ठ रहेका छन्।

advertisement

प्रहरीका अनुसार उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको हो र उनीहरु यसअघि पनि अपराधमा संलग्न रहेका व्यक्ति हुन्।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com