काठमाडाैं । जेनजी अभियन्ता तथा दोलखाबाट संघीय संसदका स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्ने घोषणा गरेका छन्।
दोलखामा आयोजित एक कार्यक्रममा खड्काले मुलुकको परिवर्तनका लागि जिम्मेवार, अनुभवी र विश्वासयोग्य नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै शिवाकोटीको पक्षमा उभिने निर्णय गरेको बताए। उनले यो समर्थन कुनै दबाब वा बाध्यताका कारण नभई स्वेच्छा र विश्वासका आधारमा गरिएको स्पष्ट पारे।
खड्काले राजनीतिमा प्रवेशको उद्देश्य व्यक्तिगत पद वा लाभ नभई वास्तविक परिवर्तन रहेको भन्दै सही नेतृत्वलाई साथ दिएर मात्र परिवर्तन सम्भव हुने धारणा राखे।
उनका अनुसार दोलखाको समग्र विकास, सुशासन प्रवर्द्धन र युवाको भविष्य सुरक्षित गर्न अजयबाबु शिवाकोटी उपयुक्त उम्मेदवार हुन्।
युवालाई भावनात्मक निर्णयभन्दा विवेकशील र जिम्मेवार छनोट गर्न आग्रह गर्दै खड्काले लोकतान्त्रिक मूल्य, समावेशी राजनीति र राजनीतिक स्थायित्वका लागि आफूले शिवाकोटीलाई समर्थन गरेको बताए।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया