काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा झापाको दमक–३ मा रहेको नेकपा एमालेको पार्टी कार्यालय पुगेका छन्।
एमाले कार्यालयमा पुगेर शाहले त्यहाँ उपस्थित नेता–कार्यकर्तासँग अभिवादन गर्दै मत मागेका थिए। उनको आगमनपछि समर्थकहरूले हुटिङसमेत गरेका थिए।
आजै दमक पुगेका शाहले आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गतका विभिन्न टोल र चोकबजारमा नागरिकसँग संवाद गरिरहेका छन्। उनले दमक नगरपालिका वडा नम्बर ७, १, २ र ३ समेट्ने गरी भेटघाट कार्यक्रम तय गरेका छन्।
शाहको सचिवालयका अनुसार पशुहाट (लेखनाथ चोक), सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर, हिमालय माध्यमिक विद्यालय अगाडि रहेको पाङ्गिनी चोक सम्पर्क कार्यालय, शिवालय मन्दिर, आम चोक, बेलडाँगी–२ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) र डिपु चोकमा नागरिक भेटघाट कार्यक्रम राखिएको छ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया