काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले घरघरमा पाइपमार्फत ग्यास वितरण सम्भव हुने बताएका छन्। घरदैलो अभियानको क्रममा मतदातालाई सम्बोधन गर्दै उनले अब नेपालमै खाना पकाउने ग्यास उपलब्ध हुने जानकारी दिएका हुन्।

ओलीले भने, “अब विदेशबाट आयात गरिएको ग्यास होइन, हाल बन्द गरिएको ग्यास निकाल्नुपर्छ। यसलाई पानीजस्तै ठ्याकीमा राखेर पाइपमार्फत घरघरमा पुर्‍याउन सकिन्छ। यसको लागि सिलिन्डरको आवश्यकता पर्दैन।”

advertisement

साथै उनले गुइँठा बाल्नु संस्कृति नभई गरिबीको संकेत भएको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए। उनले थपे, “संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ। अब मान्छेहरूलाई अलमलमा पारेर बेइज्जत गर्ने अवस्था हुनुहुँदैन। गुइँठा र दाउरा बाल्ने होइन, अब बिजुली प्रयोग गर्ने दिशामा अघि बढ्नुपर्छ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com