काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदैछन् । आज मंगलबार समूह ‘ए’का दुई र समूह ‘डी’ अन्तर्गत एक गरेर तीन खेल हुन लागेका हुन् ।
पहिलो खेलमा बिहान सवा ११ बजे नेदरल्यान्डस र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो खेलमा समुह डी अन्तर्गत रहेका न्यूजील्यान्ड र युएई बिच अपराह्न ३ः१५ बजे भारतको चेन्नाईमा प्रतिस्पर्धा हुनेछ ।न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।

advertisement

मंगलबारको अन्तिम खेलमा पाकिस्तान र अमेरिका भिड्दैछन् । यो खेल साँझ सवा ७ बजे शुरू हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको अमेरिका र पाकिस्तान दुवै जित्नुपर्ने दबाबमा छन् ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com