काठमाडाैं । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कले मङ्गलबार देखाएको छ ।

जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ ।

advertisement

प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार बासिन्दाहरू हिउँलाई सफा गर्ने प्रयासमा दुर्घटना हुँदा घातक दुर्घटना भएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीका बासिन्दाहरूले भारी हिमपात (चार फिटभन्दा बढी) को सामना गर्नु परेको छ ।

  • रासस

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com