काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौँडामा भएको सवारी दुर्घटनामा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन्।

मंगलबार दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकआपसमा ठोक्किएका थिए। टक्करपछि ट्याक्सी पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको ध१ज ६२४ नम्बरको सामान बोक्ने भ्यानमा समेत ठोक्किएको थियो।

advertisement

दुर्घटनामा ट्याक्सीमा सवार उपप्रमुख दरै, उनका २७ वर्षीय छोरा हेमन्त दरै, ट्याक्सी चालक कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनका ३८ वर्षीय सन्देश गोले तथा पोखरा महानगरपालिका–१४ चाउथेका १८ वर्षीय मोटरसाइकल चालक समेशकुमार थापा घाइते भएका हुन्।

घाइते गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीन जनाको आविस्कार अस्पताल पोखरामा उपचार गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com