काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी माहोल तताउन तथा पार्टी उम्मेदवारहरूको मनोबल उच्च राख्ने उद्देश्यले मधेश प्रदेश भ्रमणमा रहेका छन्। बुधबार उनले सर्लाही र रौतहटका विभिन्न स्थानमा रोड शो गर्दै बाराको निजगढ पुगेका छन्।

भ्रमणका क्रममा शाहले बुधबार बिहान सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा रोड शो गरेका थिए। उक्त क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका अमरेश कुमार सिंह चुनावी प्रतिस्पर्धामा छन्। नेता शाह लालबन्दीबाट नवलपुर हुँदै सदरमुकाम मलंगवा पुगेका थिए र त्यहाँबाट हुलाकी मार्ग प्रयोग गर्दै क्षेत्र नम्बर ४ मा प्रवेश गरेका थिए।

advertisement

सर्लाहीबाट रौतहट प्रवेश गर्दा शाहलाई पार्टी कार्यकर्ता तथा सर्वसाधारणले स्वागत गरेका थिए। गरुडा र चन्द्रनिगाहपुरमा समर्थकहरू पार्टीको झन्डा र फूलमाला लिएर उपस्थित भएका थिए।

यसैबीच, चन्द्रनिगाहपुरमा भएको भीडभाडका क्रममा एक समर्थकको सुनको सिक्री चोरी भएको गुनासो आएको छ। रोड शोका क्रममा शाहले गाडीबाटै हात हल्लाउँदै समर्थकहरूको अभिवादन स्वीकार गरेका थिए भने औपचारिक सम्बोधन भने गरेनन्।

रौतहटमा रोड शो समापन गरी शाह बाराको निजगढतर्फ प्रस्थान गरेका छन्। निर्धारित कार्यक्रमअनुसार उनी निजगढबाट कलैया हुँदै आजै पर्साको वीरगन्ज पुग्ने तालिका रहेको जनाइएको छ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com