काठमाडौं । यस पटकको टि–२० विश्वकपमा आज पहिलो सुपर ओभर खेलिने भएको छ । दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल निर्धारित २० ओभरमा बराबरी भएपछि सुपर ओभर खेलिने भएको हो ।

१८८ रनको लक्ष्य पच्छ्याएको अफगानिस्तानलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो, अन्तिम विकेट बाँकी थियो । अन्तिम ओभरको पहिलो बलमा नुर अहमदको सट क्याच भएको थियो । तर, कागिसो रबाडाले बल फाल्ने क्रममा रेखा नाघेपछि यो बल नो बल भयो ।

advertisement

यो ओभरमा नूर अहमदले एउटा छक्का समेत हाने । अन्तिम ३ बलमा अफगानिस्तानलाई केवल २ रन चाहिएको थियो । तर, दुई रन लिन खोज्दा फजलहब फारुकी रनआउट भएपछि खेल बराबरी भएको हो ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com