धनुषा। धनुषा–३ निर्वाचन क्षेत्रबाट रामुपा नेपालका तर्फबाट उम्मेदवार रहेका राजीवकुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
राजेन्द्र महतो नेतृत्वको रामुपा नेपालका प्रभावशाली नेता मानिएका झा सो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेका थिए। तर, उनले उम्मेदवारी परित्याग गर्दै रास्वपामा प्रवेश गरेको र अब धनुषा–३ मा रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने निर्णय लिएको जनाइएको छ।
झाको रास्वपा प्रवेशसँगै रामुपा नेपालभित्र राजनीतिक हलचल उत्पन्न भएको स्रोतको दाबी छ। निर्वाचन नजिकिँदै गर्दा उनको यो निर्णयले धनुषा–३ को चुनावी समीकरणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया