काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले बुधबार दिउसो वीरगन्जमा भव्य ‘रोड शो’ गर्दै चुनावी माहोल तताएका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेश केन्द्रित प्रचार अभियान सुरु गरेका बालेन सप्तरीपछि वीरगन्ज आइपुगेका हुन्।

advertisement

वीरगन्ज महानगरपालिकाको वडा नं.१५ प्रतिमा चोकबाट सुरु भएको उनको रोड शो भानु चोक, नगवा, इन्र्वा, इदगाह चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर, माइस्थान पार गर्दै अन्ततः घण्टाघर चोकमा पुगेर समापन भएको थियो।

घण्टाघर क्षेत्रमा बालेनलाई स्वागत गर्न हजारौँको संख्यामा विशेषगरी जेनजी पुस्ताका युवायुवतीहरू उनी आइपुग्नुअघि नै भेला भएका थिए। बालेन त्यहाँ पुग्दा समर्थकहरूले ‘अबकी बार, बालेन सरकार’ र ‘जय घण्टी’ जस्ता नारा लगाउँदै उत्साहपूर्ण स्वागत गरे। शाहले गाडीबाटै हात हल्लाउँदै र पार्टीको चुनाव चिह्न घण्टी बजाउँदै समर्थकहरूलाई अभिवादन फर्काए।

रोड शोमा रास्वपाबाट पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवार पार्टिका नेताहरु बालेनसँगै एउटै गाडीमा सहभागी थिए। घण्टाघरबाट सुरु भएको अन्तिम चरणको यात्रा मुर्ली, पावरहाउस चोक र गण्डक चोक हुँदै बाराको जितपुर–सिमरा तर्फ प्रस्थान गरेको थियो।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com