काठमाडौं। टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’मा श्रीलंका र ओमानबीचको खेल जारी रहेको छ।

पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२५ रन बनाएको छ। ओमानले जितका लागि २२६ रनको लक्ष्य पाएको छ।

advertisement

श्रीलंकाका लागि कुशल मेन्डिसले ६१ रनको अर्धशतकीय इनिङ्स खेले। पवन रत्नायकेले ६० रन जोड्दा कप्तान दाशुन शनाकाले ५० रन बनाए। कमिन्दु मेन्डिस १९ रनमा अविजित रहे भने पथुम निसान्काले १३ रन जोडे।

बलिङतर्फ ओमानका जितेन रमानन्दीले दुई विकेट लिए। सुफ्यान मेहमुद र जय ओडेराले समान एक–एक विकेट हात पारे।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com