कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपका विषयमा अदालतले न्याय गर्ने विश्वास व्यक्त गरेका छन्।

बिहीबार जिल्ला अदालत कास्कीमा तारेख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै कानुनी र अदालती प्रक्रियाप्रति आफू सधैं सम्मानित रहेको बताए।

advertisement

“सबैले न्याय पाउने ठाउँ अदालत नै हो। अदालतले न्याय गर्नेमा म विश्वस्त छु,” उनले भने।

विभिन्न अदालतमा दायर मुद्दाका कारण तारेख बुझ्न आफैं उपस्थित हुनुपर्ने भएकाले समय व्यवस्थापन गरेर उपस्थित भइरहेको उनले जानकारी दिए।

लामिछानेले आफूहरू कानुनी राज्य स्थापित गर्ने उद्देश्यका साथ अघि बढेकाले कानुनी प्रक्रियालाई पूर्ण रूपमा बहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com