सोलुखुम्बु। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न हुने बताएकी छन्।
निर्वाचन तयारीको अवस्था बुझ्न बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लेरीमा सरोकारवालासँग छलफल गरेकी थिइन्। जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित छलफलमा उनले हिमाली क्षेत्रको भौगोलिक चुनौतीका बाबजुद समयमै निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको बताएकी हुन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा मतदान गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्। “हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन गर्न सकिन्छ र त्यसका लागि आवश्यक तयारी भइरहेको छ,” उनले भनिन्।
कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल तथा प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया