काठमाडौं। नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका संयोजक सौरभ र स्वदेशवादी अभियानका संयोजक सूर्य माखिमले वर्तमान संविधानलाई अमान्य ठहर गर्दै तेस्रो संविधानसभाको माग गरेका छन्।
उनीहरूले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनेका छन् कि २०७२ को संविधान “मरिसकेको” र नयाँ संविधानसभाका लागि चुनावको आवश्यकता तत्काल रहेको छ।
साथै, सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले चुनाव गर्ने अधिकार नराख्ने दाबी गर्दै उनीहरूले वर्तमान निर्वाचन अवैध भएको र भदौ २४ का हिंसा तथा आगजनीमा संलग्नलाई कारबाही नगरी चुनाव सम्पन्न गर्नुको अर्थ नभएको उल्लेख गरेका छन्।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया