काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि र्याली, जुलुस वा भिडभाडका कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेको छ।
तर, राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी तथा राजसंस्था समर्थकहरू फागुन १ गते विमानस्थलमा उपस्थित हुन आह्वान गर्न छाडेका छैनन्। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले नागरिकलाई त्रिभुवन विमानस्थलमा पूर्वराजाको स्वागतका लागि उपस्थित हुन हार्दिक अपिल गरेको छ।
सुवेदीले जारी विज्ञप्तिमा भनेका छन्, “राष्ट्रको एकता र देशको स्थायी समाधानका लागि राजसंस्था अपरिहार्य छ भन्ने आम सहमति रहेको छ। फागुन १ गते दिउँसो १२ बजे विमानस्थलमा भव्य स्वागतमा सहभागी हुन हार्दिक आह्वान गर्दछु।
यसअघि २०८१ चैतमा पनि सुवेदी नेतृत्वको समितिले राजाको पक्षमा कार्यक्रम आयोजना गरेको थियो, जसमा गोलीकाण्डसमेत भएको थियो। प्रशासनको निषेधाज्ञा उल्लंघन भएमा झडप वा सुरक्षा चुनौती बढ्न सक्ने आशङ्का व्यक्त गरिएको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया