काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा उम्मेदवार बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दाको तारेख बुझेर पुनः चुनावी अभियानमा फर्किएका छन्। उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार हुन्।

अदालत स्रोतका अनुसार बालेन बिहीबार दिउँसो सर्वोच्च अदालत पुगेर करिब १० मिनेट जति बसेर तारेख बुझी फर्किएका थिए। अदालतले यस मुद्दामा वारेश (प्रतिनिधि) राख्न नपाइने र स्वयम् उपस्थित हुनुपर्ने आदेश दिएको थियो।

advertisement

तीन वर्षअघि हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालत पाटनले दिएको आदेशपछि बालेनले सामाजिक सञ्जालमा अदालत र सरकारलाई लक्षित गर्दै कडा टिप्पणी गरेका थिए। सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता वर्षा कुमारी झाले अवहेलनाको मुद्दा दर्ता गरेकी थिइन्।
तारेख बुझ्ने प्रक्रिया पूरा गरेपछि बालेन फेरि चुनावी अभियानमा सक्रिय भएका छन्।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com