काठमाडौं  । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ। देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ।

शुक्रबार दिउँसो तराई क्षेत्रका केही स्थानमा मध्यान्हसम्म हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश मा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।

advertisement

आज राति तराईका थोरै स्थानमा तुँवालो देखिन सक्नेछ। राति कोशी प्रदेश र गण्डकी प्रदेश का उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com