काठमाडौं । दार्चुला सदरमुकाम खलङ्गास्थित जिल्ला कारागार कार्यालयको सुरक्षा जिम्मेवारी अब नेपाली सेनाले सम्हालेको छ। बिहीबारदेखि कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको हो।
सदरमुकाम खलङ्गामै रहेको श्रीदल गुल्मबाट सहसेनानी अन्वेश गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली कारागार सुरक्षाका लागि खटिएको छ।
यसअघि कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको थियो। हाल प्रहरी टोली पनि सुरक्षार्थ यथावत रूपमा परिचालित रहेको छ।
सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार दार्चुला कारागारमा समेत सेना तैनाथ गरिएको हो।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सरकारको निर्देशन बमोजिम आवश्यक समन्वय गर्दै सुरक्षा व्यवस्थापन सुदृढ बनाइएको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया