काठमाडौं। युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपालसहित भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा भारतबाट २० सदस्यीय, पाकिस्तानबाट १२ सदस्यीय, भुटानबाट ९ सदस्यीय तथा मालदिभ्सबाट ५ सदस्यीय टोली सहभागी थिए।

advertisement

भेटका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो कार्यक्रमले सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्। साथै उनले नेपाल भ्रमण सहभागी टोलीका लागि सुखद् र स्मरणीय रहोस् भन्ने शुभकामना दिइन्।

विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार र नेतृत्व क्षमता भएका युवाहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण तथा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। राष्ट्रिय सेवा दल नेपालले माध्यमिक तथा उच्च माध्यमिक तहका करिब ७ हजार ७१० विद्यार्थीलाई वार्षिक रूपमा जुनियर तथा सिनियर डिभिजन तालिम प्रदान गर्दै आएको छ।

नेपालले मित्र राष्ट्रहरूसँग पारस्परिक रूपमा सञ्चालन हुने युवा आदानप्रदान कार्यक्रमअन्तर्गत उत्कृष्ट क्याडेटहरूलाई बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान, सिंगापुर र श्रीलंकामा भ्रमणका लागि पठाउँदै आएको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com