काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी र मोरङबाट ३ सय ३ किलो गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको २८ केजी ६८० ग्राम गाँजा बरामद गरेको छ ।

सुनसरीको देवानगंज गाउँपालिका–४ र ५ स्थित सीमाबाट सो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

advertisement

त्यस्तै, मोरङको जहदा गाउँपालिका–२ मधुमल्लाबाट पनि करिब २ सय ७५ किलो गाँजासहित सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय चन्दन साहलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई सो गाँजासहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनलाई बरामद गाँजासहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com