काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सुनसरी र मोरङका विभिन्न सीमावर्ती क्षेत्रमा गरेको छुट्टाछुट्टै कारबाहीमा कुल ३ सय ३ किलो गाँजा बरामद गरेको छ भने एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले सुनसरीको देवानगंज गाउँपालिका–४ र ५ स्थित नेपाल–भारत सीमाक्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको २८ केजी ६८० ग्राम गाँजा बरामद गरेको जनाएको छ। उक्त घटनामा संलग्न व्यक्ति भने प्रहरी टोलीलाई देख्नासाथ फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

advertisement

त्यसैगरी, मोरङको जहदा गाउँपालिका–२ मधुमल्ला क्षेत्रबाट करिब २ सय ७५ किलो गाँजासहित सोही गाउँपालिका–१ निवासी २८ वर्षीय चन्दन साहलाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई गाँजासहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका साहलाई बरामद गरिएको गाँजासहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com