काठमाडौं । काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्व उपप्रधानमन्त्री कमल थापा ले नेपाली कांग्रेसलाई वामपन्थी विचार र शक्तिको संवाहकको रूपमा हेर्ने आफ्नो धारणा व्यक्त गरेका छन्।
नेता थापाले लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा वामपन्थी विचार र शक्तिहरूको प्रभुत्व रहेको बताए। उनले भने, म नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रूपमा लिएको छु। राजनीति शास्त्र अनुसार समाजलाई ‘लेफ्ट ओरिएन्टेड’ राजनीतिक दृष्टिकोणबाट पनि हेर्ने गरिन्छ। विगत ७० वर्षमा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादसम्मको वैचारिक संघर्षले देशको राजनीतिक वातावरण आकार दिएको छ।
थापाले नेपाली समाजमा वैदिक मूल्य, संस्कृति र परम्पराले गहिरो जरा गाडेको तर राजनीतिक रूपमा त्यसको विपरीत साम्यवाद, मार्क्सवाद र समाजवादले नेतृत्व गर्दै समाजलाई दोहोर्याउने काम गरेको बताए। उनले भने, यो विरोधाभासले मलाई सधैं चिन्तित बनाएको छ र त्यसको अन्त्य आवश्यक छ।
उनले मुलुकलाई स्थिर र समृद्ध मार्गमा अघि बढाउन हिन्दु राष्ट्र र राजसंस्थाको भूमिका अपरिहार्य रहेको पनि दोहोर्याए ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया