काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा नजाने तर जिम्मेवारीपूर्वक काम पुर्‍याएर बाहिर आएको बताएका छन्।

कुलमानले पार्टीको भेलालाई सम्बोधन गर्दै भने,

advertisement

“सङ्कटको बेलामा जिम्मेवारी लिएर मैले तीन महिनामा डेलिभरी दिएँ। चुनावको वातावरण बनाएर बाहिर आएको हुँ। अहिले धेरैले भगौडा मन्त्री भनेर लेख्छन्, तर छोटो समयमा देशलाई काम पुर्‍याएर सरकारबाट बाहिर आएको हुँ।”

उनले आगामी सरकारसँग देशलाई आर्थिक समृद्धितर्फ लैजान आफ्नो लक्ष्य रहेको बताए। यसै क्रममा उनले आफैंले लोडसेडिङ हटाएको उल्लेख गर्दै,

“राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य नभएसम्म देशको परिस्थितिमा सुधार आउँदैन, त्यसैले यसलाई पूर्ण रूपमा हटाउन लागिपरेको छु।”

कुलमानले स्पष्ट पारे कि उनी चुनावको बेलामा सरकारमा गएर चुनौती स्वीकार गरेर काम पुर्‍याएका हुन् र अब राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने प्रयासमा छन्।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com