काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म कुहिरो लाग्ने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तिनै प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतः सफा रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया