काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि घोषणा सार्वजनिक गर्ने मिति परिवर्तन गरेको छ।

कांग्रेसले आइतबार घोषणा पत्र सार्वजनिक गर्ने भनेको थियो।

advertisement

शनिबार अबेर सूचना जारी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले आज हुने भनिएको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन्।

निर्वाचन आयोगले दलहरूलाई फागुन ४ गतेभित्र घोषणापत्र बुझाइसक्न भनेको छ।

कांग्रेसले भने ४ गते आयोगलाई बुझाउने र ६ गते मात्रै सार्वजनिक गर्ने तय गरेको प्रवक्ता चालिसेले जारी गरेको विज्ञप्तीमा भनिएको छ

कांग्रेसले जनकपुरमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

कांग्रेसको मधेस प्रदेश कार्यसमितिले फागुन ६ गते जनकपुरमा सभा गर्दैछ।

सोही सभामा घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।

कांग्रेसले यसपालिको घोषणापत्रलाई प्रतिज्ञापत्र भनेको छ।

 

 

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com