झापा।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले झापामा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै चुनावको वातावरण अझै पूर्ण रूपमा तयार नभएको टिप्पणी गरेका छन्। उनले अहिलेसम्मको अवस्था हेर्दा तोकिएको समयमा ढुक्कसँग निर्वाचन हुनेमा संशय रहेको बताएका छन्।

ओलीले भने, “चुनाव हुने भयो भने हामी भाग लिन्छौं, तर चुनावको वातावरण यसै भन्न सकिन्नँ, अझै पनि तयार भएको छैन।” सञ्चारकर्मीको प्रश्नमा उनले थपे, “चुनाव त हुन्छ भन्ठान्छु अब।”

advertisement

उनी झापा क्षेत्र नं. ५ का उम्मेदवारको रूपमा मतदाता भेटघाट र अन्य निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थलमा पुगेका थिए। यस क्रममा उनले बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तिहरू थोरै सिटमा समेटिने सम्भावनाबारे चर्चा गरे। साथै, ओलीले आगामी निर्वाचनका लागि सबै मतदाताको घर–घरमा पुग्ने प्रयास गर्ने बताए।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com