काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा आइतबार प्रहरीले १५५ जनालाई नियन्त्रणमा लिएको छ। महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

पक्राउ परेकामा सिक्री लुट, चोरी र लागुऔषध (गाँजा)को कारोबारमा संलग्न व्यक्तिहरू रहेका छन्। केही व्यक्तिहरू उच्छृङ्खल गतिविधि गर्दै गर्दा र केहीलाई यस्ता गतिविधि गर्नसक्ने आशंकामा नियन्त्रणमा लिइएको एसपी भट्टराईले बताए। उनले भने, पूर्वसूचनाको आधारमा केही शङ्कित व्यक्तिहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ।

advertisement

पक्राउ परेकाहरूलाई प्रहरी  वृत्त गौशालामामा राखिएको छ। उनीहरूको स्क्रिनिङ प्रक्रिया पूरा भएपछि आवश्यक कानुनी कार्यवाही अघि बढाइने एसपी भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com