काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नागरिक करार सार्वजनिक गरेको छ । रास्वपाले यसअघिका चुनावमा धेरैले धेरैपटक वाचा गरेको तर पूरा नगरेको उल्लेख गर्दै आफ्नो दलले जनतासँग प्रतिज्ञाको करार गर्ने जनाएको छ । उक्त करार यही फागुन ७ गते विस्तृत रुपमा कर्णालीबाट सार्वजनिक गरिने जनाएको छ ।

रास्वपाले नागरिक करारको पहिलो बुँदामा प्राथमिकता समेटेको छ । जहाँ सदाचार र असल शासनको कुरा उल्लेख गरेको छ । सदाचार र असल शासनको आजको अवस्थामा भने उसले राज्य संरचनाको दलीय दोहन, प्रक्रियाकेन्द्रित भ्रष्टाचार र लाइसेन्सराज रहेको उल्लेख गरेको छ ।

advertisement

यस्तै, सामान्य सेवा लिन समेत विचौलियाको शरण पर्न बाध्य अहिलेको अवस्था भनेको छ । रास्वपाले आफ्नो लक्ष्यमा भने नीति, आचरण र संस्थागत सुधारका लागि भ्रष्टाचारविरोधी महाअभियान मार्फत विश्वसनीय सदाचारी राज्य निर्माण गर्दै सरकारी सेवाहरुको सर्वव्यापी डिजिटल डेलिभरीसहित ट्रान्सपरेन्सी ईन्टरनेश्नलको भ्रष्टाचार सूचांकमा भारी सुधार गर्ने भनेको छ ।

यस्तै, दलीयकरणको अन्त्य र २०४६ सालदेखिको सम्पत्ति छानविन गर्न उच्चायोग गठन गर्ने लक्ष्य राखेको छ । रास्वपाले एकल बहुमत दिएको अवस्थामा पनि करारबमोजिमका सर्तहरु पालना नगरे अर्को पटकको निर्वाचनमा सजाय दिन भनेको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com