काठमाडौं । सर्लाहीमा एक जना सव–इन्जिनियरमाथि गोली प्रहार भएको छ। आइतबार साँझ मलंगवा नगरपालिका–१० क्षेत्रमा अपरिचित समूहले गोली चलाउँदा सव–इन्जिनियरको मृत्यु भएको हो।

प्रहरीका अनुसार प्रमोदकुमार यादव माथि लक्षित गरी गोली प्रहार गरिएको थियो। उनी मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर हुन्। गोली यादवको देव्रे छातीमा लागेको बताइएको छ।

advertisement

गोली प्रहारबाट घाइते भएका यादवको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको र मलंगवा सदरमुकाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com