जनकपुरधाम । सर्लाहीको मलंगवामा अज्ञात समूहले गोली प्रहार गर्दा सर्लाही पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ८ बजेतिर मलंगवा नगरपालिका–१० क्षेत्रमा यादवमाथि गोली प्रहार गरिएको हो। गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि मलंगवा अस्पताल पुर्‍याइएको थियो। अस्पताल स्रोतका अनुसार यादवको मुटुको नजिक गोली लागेको थियो र उपचारका क्रममा उनको ज्यान गएको हो।

advertisement

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि खोजी अभियान तीव्र पारिएको उनले बताए।

घटनाको कारण र संलग्न पक्षबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला भर उच्च सतर्कता अपनाइएको छ भने घटनास्थल आसपास सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com