काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जनाएको छ।
सोमबार तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया