काठमाडौं ।  चन्द्रनिगाहपुरमा प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी रुपा लाबुङका अनुसार गोप्य सूचनाको आधारमा सुरु गरिएको खानतलासीका क्रममा चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा पक्राउ परेका थिए। उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएपछि अनुसन्धानलाई थप तीव्र बनाइएको थियो।

advertisement

सोही क्रममा चन्द्रपुर–४ गणेशचोकस्थित एक घरमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको कोठाबाट ब्राउन सुगर जोख्ने डिजिटल मेसिन र प्याकिङमा प्रयोग हुने प्लास्टिकका टुक्राहरू बरामद भएको छ।

पक्राउ परेकाहरूको प्रारम्भिक बयानका आधारमा प्रहरीले चन्द्रपुर–१ बाट २९ वर्षीय प्रशान्त तामाङलाई पनि समातेको छ। उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेकाहरू चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी रुपा लाबुङले जानकारी दिइन्।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com