काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि १ सय २५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको थियो।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया