काछमाडाै‌ ।  रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिला आफ्नै घरभित्र बिभत्स अवस्थामा मृत फेला परेकी छिन्। फतुवा विजयपुर नगरपालिका वडा नं. ०६ पेटभर्वा टोल बस्ने २८ वर्षीया आरती देवी यादव आइतबार दिउँसो मृत फेला परेकी हुन्।

फागुन ३ गते बिहान करिब ११ः५० बजेको समयमा ४२ वर्षीय महन्थ राय यादव र उनकी श्रीमती आरती देवी यादव बसोबास गर्दै आएको रक्सी पसलसहितको घरबाट कोही पनि बाहिर ननिस्केपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए।

advertisement

इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको टोलीले स्थानीय तथा जनप्रतिनिधिहरूको रोहबरमा घरको ढोका खोली हेर्दा आरती देवीको शव आफ्नै सुत्ने कोठाको काठको खाटमा उतानो अवस्थामा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायव उपरिक्षक विष्णु प्रदीप बस्यालका अनुसार मृतकको घाँटीमा धारिलो हतियारले काटिएको गहिरो चोट देखिएको छ भने खाट नजिकै रगत लतपतिएको अवस्थामा एउटा बन्चरो समेत बरामद गरिएको छ।

घटनापछि आरती देवीका श्रीमान महन्थ राय यादव फरार रहेका छन् । श्रीमतीको हत्या गरी श्रीमान फरार भएको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य तीव्र पारेको छ । घटनाको प्रकृति हेर्दा पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com