काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा स्थिर र बलियो सरकार गठन हुने तथा जनताका आधारभूत समस्या समाधानतर्फ ठोस पहल गरिने बताएका छन्।

सोमबार चितवनको कालिका नगरपालिका–३ मा आयोजित स्थानीयसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशभर रास्वपाको पक्षमा जनमत क्रमशः सुदृढ हुँदै गएको दाबी गरे। यही माहोलका कारण आगामी निर्वाचनपछि प्रभावकारी सरकार गठन हुने विश्वास व्यक्त गरे।

advertisement

लामिछानेले यसअघि सरकारमा रहँदा जनताका समस्या समाधानका लागि प्रयास गरे पनि विभिन्न कारणले अपेक्षित परिणाम हासिल गर्न नसकिएको स्वीकार गरे। ‘सुरुमा चितवनमै काम गर्दा अपेक्षित वातावरण थिएन, तर अहिले परिस्थिति बदलिएको छ। अब बलियो सरकार बन्ने आशा पलाएको छ,’ उनले भने।

सुकुम्बासी समस्यालाई उल्लेख गर्दै उनले आफू यस विषयमा पहिलेबाटै जानकार रहेको र समाधानका लागि स्पष्ट योजना आवश्यक रहेको बताए। ‘नेताहरूले आश्वासन मात्र होइन, परिणाम देखिने गरी काम गर्नुपर्छ,’ उनले जोड दिए।

कार्यक्रममा कालिका–३ का स्थानीय बासिन्दाले सुकुम्बासी समस्या समाधानका लागि विगतमा पटक–पटक प्रतिबद्धता जनाइए पनि कार्यान्वयन नभएको गुनासो गर्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com