काठमाडौं।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कामका आधारमा जिम्मेवारी बढाउँदै लैजाने भन्दै नवप्रवेशी कार्यकर्तालाई आश्वस्त पारेका छन्।

सोमबार त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले तत्कालका लागि निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा खटिन आग्रह गरे। जिम्मेवारी निर्धारणबारे भने निर्वाचनपछि सल्लाह गरेर टुंगो लगाइने उनले बताए।

advertisement

“आज उज्यालो पार्टीसँग जोडिनुभएका सबै साथीहरू हाम्रा उम्मेदवारलाई जिताउन लाग्नुहोस्। जिम्मेवारी कामको आधारमा विस्तार हुँदै जान्छ। निर्वाचनपछि महाधिवेशन हुन्छ र त्यतिबेला जिम्मेवारी तोकिनेछ। तत्कालका लागि केही जिम्मेवारी चाँडै तोक्नेछौं,” उनले भने।

विभिन्न राजनीतिक दल परित्याग गरी करिब तीन दर्जन व्यक्तिहरू सोमबार उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com