काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता बहादुर सिंह साउद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नवदुर्गा गाउँपालिका–४ सिरोडमा आयोजित कार्यक्रममा साउदलाई कांग्रेसमा स्वागत गरिएको हो। कार्यक्रममा डडेलधुरा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महर, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार हरिना कामी तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री गोविन्द बोहरालगायत नेताहरूले खादा र टीका लगाएर साउदलाई पार्टीमा स्वागत गरेका थिए।

advertisement

पार्टी प्रवेश गर्दै साउदले लामो राजनीतिक अनुभवपछि वर्तमान कम्युनिष्ट राजनीतिबाट जनताको हित सम्भव नदेखिएको निष्कर्षमा पुगेको बताए। उनले भने, अहिलेको नेकपा परित्याग गरी कांग्रेस रोज्नुको मुख्य कारण जनताको चाहना हो। जनताको अपेक्षा र मुलुकको विकास कांग्रेसले मात्र पूरा गर्न सक्छ भन्ने विश्वासका साथ म यहाँ आएको हुँ।

कार्यक्रममा बोल्दै कांग्रेस डडेलधुराका नेताहरूले साउदको राजनीतिक पृष्ठभूमि र सक्रियताको सम्मान गरिने बताए। नवप्रवेशीहरूलाई योग्यता र क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिइने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।

नेताहरूले कांग्रेस सधैँ लोकतन्त्र र जनताको पक्षमा उभिने पार्टी भएको उल्लेख गर्दै साउदको आगमनले स्थानीय तहमा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com